पोखराको विकासको खाका आफूसँग रहेको उम्मेदवार विद्याको दावी

आगामि मंसिर १४ मा हुने कास्की क्षेत्र नं. २ को उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी उम्मेदवार विद्या भट्टराईले पोखराको समग्र विकास र समृद्धिको खाका आफूसँग रहेको बताउनुभएको छ ।

पोखरा २१ निर्मलपोखरीमा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार विद्या भट्टराई अधिकारीले समग्र पोखराको विकास र समृद्धिको खाका तयार पारेको बताउनुभएको हो ।

यसैवीच निर्मलपोखरीका कांग्रेस समर्थकहरुले समेत नेकपा उम्मेदवारलाई भोट दिने दिने प्रतिबद्धता जनाएका नेकपा कास्कीले जनाएको छ ।

निर्मलपोखरीको दम्सादीबाट ८७ वर्षिया जसोदा आचार्य र ९२ वर्षिय खेमराज आचार्यबाट
शुभ आशिर्वाद लिदै घरदैलो शुरु भएको थियो ।

सोही स्थानको द्वारमा भएको कोणसभामा बोल्दै नेकपा उम्मेद्वार विद्या भट्टराई अधिकारीले समृद्ध नेपाल राष्ट्रिय संकल्प भएको र त्यसको नेतृत्व नेकपाले गरेकाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्प पूरा गर्ने महाअभियान सफल बनाउने बताउनुभयो ।

पोखरा २१ का नेकपाका चुनावी कमाण्डर दीपक पौडेल, झपट रानाभाट, नेकपा २१ का अध्यक्ष कृष्ण थापा, प्रकाश पौडेल लगायतले नेकपा सरकारले गरेका कार्यहरुको चर्चा गर्दै भावी दिनमा गर्ने योजनाबारे चर्चा गर्नुभएको थियो ।

यसैबीच, निर्वाचन क्षेत्रका सबै वडामा आज नेकपाले ¥याली निकालेको छ । नेकपाको महिला निर्वाचन परिचालन कमिटीको समन्वयमा निर्वाचन हुने पोखराका सबै वडामा ¥याली निकालिएको हो ।

नेकपाले पोखराको वडा नम्बर ४ मा आज विहान घरदैलोसमेत गरिएको र बेलुकापनि घरदैलो जारी रहने नेकपा वडा नम्बर ७ का सचिव लोकनाथ भण्डारीले जानकारी दिनुभयो ।

Facebook Comments