अतिरिक्त शुल्क समायाेजन गर्न मेडिकल कलेजहरू तयार

सरकारले ठगी मुद्दामा कार्वाही गर्ने चेतावनी दिएपछि विद्यार्थीबाट अतिरिक्त शुल्क लिएका मेडिकल कलेजहरु शुल्क समायोजन गर्न तयार भएका छन्।

सरकारले दिएको १५ दिने अल्टिमेटम सकिएपछि सोमबार शिक्षा मन्त्रालयमा मेडिकल कलेज संचालक र स्वास्थ्यमन्त्रीवीच छलफल भएकाे थियाे ।

छलफलमा निजी मेडिकल कलेज संचालक शुल्क समायोजनका लागि आन्तरिक छलफल गरी मंगलबारसम्ममा प्रतिबद्धता जनाउने बताएका छन् ।

गृहमन्त्रालयले शुल्क फिर्ता गर्न अटेर गर्ने मेडिकल कलेजका संचालकहरूलाई बुधबारदेखि ठगी मु्द्दामा कारबाही थाल्ने निर्णय गरेको थियो।

देशका विभिन्न स्थानमा रहेका कलेजहरूमा बढी लिइएकाे शुल्क फिर्ताकाे माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गर्दै अाएका छन् ।

Facebook Comments