काेराेना भाइरसकाे प्रभावः सार्वजनिक कार्यक्रम नगर्न अनुराेध

विश्वभर फैलिएको कोरोना  संक्रमणबाट बच्नको लागि धेरै मानिसको चहलपहल हुने भीडभाडमा केन्द्र सरकार, प्रदेश र स्थानीय सरकारका तर्फबाट अपिल गरिएकाे छ ।

कतिपय महाेत्सव, मेला, पर्व लगायतका कार्यक्रम स्थगित समेत भएका छन् । चितवनकाे भरतपुर महानगरपालिकाले एक अपिल जारी गर्दै भीडभाड हुने खालका कार्यक्रमहरू नगर्न र त्यस्ता कार्यक्रमहरूमा नजान अपिल गरेको छ ।

त्यस्तै कास्कीकाे मादी गाउँपालिकाले पनि जमघट हुने खालका कुनै पनि कार्यक्रम नराख्न अपिल गरेकाे छ ।

साथै रुखा वा खोकी लागेमा मास्कको प्रयोग गर्न र साबुनपानीले राम्रोसँग हात धुन पनि जारी गरिएका सूचनामा सबैलाई जानकारी गराएको छ ।

सूचना विपरित जात्रा, पर्व, मेला र उत्सवजस्ता कार्यक्रम गरेमा नियमअनुसार कारबाही गरिने पनि सार्वजनिक सूचनामा प्रष्ट पारेको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय चितवन, कास्की लगायतले पनि सार्वजनिक स्थानमा धेरै मानिसकाे जमघट हुने खालका कार्यक्रम नगर्न भन्दै सूचना जारी गरेका थिए ।

Facebook Comments