अब लकडाउन बैशाख ३ गतेसम्म
विगत १४ दिनदेखि जारी लकडाउन सरकारले कोरोना संक्रमणको जोखिमलाई विचार गर्र्दे आगामी बैशाख ३ गतेसम्म अर्थात थप आठ दिन लम्याउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताउनुभयो । सो निर्णय अनुसार आगामी बैशाख ३ गतेसम्म अत्यावश्यक काम बाहेक घरबाट बाहिर निश्कन पाइने छैन ।
यस अघि पहिलो पटक सरकारले चैत्र ११ गते देखि १८ गतेसम्मका लागि एक हप्तालाई घरबाहिर निश्कन रोक लगाएको थियो , पछि यसलाई थप गरी चैत २५ गतेसम्मका लागि दोस्रो पटक म्याद थपिएको थियो ।
सरकारले संक्रामक रोग ऐन २०२० अनुसार सो रोक लगाएको हो । नेपालमा हाल सम्म ९ जनामा कोराना भाइरसको सक्रमण देखिएकोमा १ जना निको भएका छन् भने बाँकी ८ जनाको स्वास्थ्य अबस्था पनि सुधार हुदै गएको बताइएको छ ।
विश्वमा यस रोगको सक्रमण १२ लाख ८५ हजार२सय ५७ जना सक्रमण भएका छन् भने यस रोगबाट मर्नेको सख्यमा ७० हजार ३ सय ४४ जना पुगेको छ । कोभिड १९ भाइरसको सक्रमण भएका मध्य २ लाख ७१ हजार ८ सय ४७ जना निको भइसकेका छन् ।

