कोरोना भाइरसबाट संक्रमितको संख्या १३ लाख ४५ हजार नाघ्यो

कोरोना भाइरस(कोभिड–१९) बाट विश्वभर १३ लाख ४५ हजार ७ सय ५१ जना संक्रमित भएका छन् । यो भाइरसको संक्रमण सोमबार मात्रै थप ७२ हजार ८ सय ५० जनामा देखिएको छ ।

यो भाइरसको संक्रमण अमेरिकामा धेरै देखिएको छ । अमेरिकामा कूल संक्रमितको एक चौथाई संक्रमण देखिएको हो ।

अमेरिकामा ३ लाख ६७ हजार ४ जना संक्रमित भएका छन् । त्यस्तै स्पेनमा १ लाख ३६ हजार ६ सय ७५ जनामा संक्रमण देखिएको छ भने इटालीमा १ लाख ३२ हजार ५ सय ४७ जनामा संक्रमण देखिएको छ ।

जर्मनमीमा १ लाख ३ हजार ३ सय ७४ जना, फ्रान्समा ९८ हजार १० जना र चीनमा ८२ हजार ५ सय ४३ जना संक्रमित फेला परेका छन् ।

त्यस्तै इरानमा ६० हजार ५ सय जना, बेलायतमा ५१ हजार ६ सय ३८, टर्कीमा २० हजार २ सय १७, स्वीजरल्याण्डमा २१ हजार ६ सय ५७, बेल्जियममा २० हजार ८ सय १४, नेदरल्याण्डस्मा १८ हजार ८ सय ३, क्यानडामा १६ हजार ६ सय ६७, अष्ट्रियामा १२ हजार २ सय ९७ जना संक्रमित भएका छन् ।

त्यस्तै ब्राजिलमा १२ हजार १ सय ८३, पोर्चुगलमा ११ हजार ७ सय ३०, दक्षिण कोरिया १० हजार २ सय ८४, इजरायलमा ८ हजार ९ सय ४, स्वीडेनमा ७ हजार २ सय ६, रसियामा ६ हजार ३ सय ४३, अष्टे«लियामा ५ हजार ८सय ९५, नर्वेमा ५ हजार ८ सय ६५, आयरल्याण्डमा ५ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन अधिकांश मुलुकहरुमा लकडाउन (घरबाट बाहिर ननिस्कन) पालना गर्न भनिएको छ ।

यस रोग फैलन नदिन होम क्वारेन्टाइन, सेल्फ क्वारेन्टाइन नै उपयुक्त विधि रहेको बताइएको छ । साथै विश्व स्वास्थ्य संगठनले परीक्षणको दायरा बढाएर संक्रमितहरुको पहिचान गर्न अपिल गर्दै आएको छ ।

मृत्यु हुनेकाे संख्या ७४ हजार नाघ्याे, इटालीमा १६ हजार ५ सय २३ काे मृत्यु

कोरोना भाइरसको कारण हालसम्म विश्वभर ७४ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै इटालीमा १६ हजार ५ सय २३ जनाको मृत्यु भएको छ ।

स्पेनमा १३ हजार ३ सय ४१, अमेरिकामा १० हजार ८ सय ७१, फ्रान्समा ८ हजार ९ सय ११, बेलायतमा ५ हजार ३ सय ७३, इरानमा ३ हजार ७ सय ३९, चीनमा ३ हजार ३ सय ३१ जनाको मृत्यु भएको हो ।

त्यस्तै गरी जर्मनीमा १ हजार ८ सय १०, बेल्जियममा १ हजार ६ सय ३२, नेदरल्याण्डस्मा १ हजार ८ सय ६७ जनाको मृत्यु भएको छ ।

स्वीजरल्याण्डमा ७ सय ६५ जनाको मृत्यु हुँदा र टर्कीमा ६ सय ४९, ब्राजिल ५ सय ६४, स्वीडेनमा ४ सय ७७, पोर्चुगल ३ सय ११, क्यानडा ३ सय २३, अष्ट्रिया २ सय २०, डेनमार्क मा १ सय ८७ जनाको मृत्यु भएको छ ।

रोमानियामा १ सय ४६, इक्वेडरमा १ सय ७२, फिलिपिन्समा १ सय ४४, इन्डोनेसियामा १ सय ९१, अल्जेरियामा १ सय ३० दक्षिण कोरियामा १ सय ७७ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमणले अमेरिका र युरोपेली मुलुकलाई यतिबेला आक्रान्त पारेको छ । चीनको वुहानमा ४ महिना पहिले देखिएको कोरोना भाइरसको संक्रमण पछिल्ला दिनहरुमा युरोप र अमेरिकामा तीव्र रुपमा फैलिएको हो ।

विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

विज्ञहरुले कोरोना भाइरस संक्रमण विरुद्ध खोपको विकास गरिरहेका छन् भने हाल चालू रहेका औषधिको समेत प्रयोग गरिरहेका छन् ।

नेपालमा हालसम्म परीक्षण गरिएकामध्ये ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा १ जनालाई पूर्ण रुपमा निको भइसकेको छ भने अन्य ८ जना उपचारको क्रममा रहेका छन् । नेपाल सरकारले चैत २५ गतेसम्म कायम रहेको लकडाउनको अवधिलाई बैशाख ३ गतेसम्मका लागि थप गरेको छ ।

Facebook Comments