एकजुट भएर काेराेना भाइरस संक्रमण विरूद्ध लडाैंः काँग्रेस सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वव्यापी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणविरुद्धकाे संघर्षमा सबै एकजुट आवश्यक रहेको बताउनुभएकाे छ ।

नयाँ बर्ष २०७७काे अवसरमा शुभकामना सन्देश जारी गर्दै देउवाले आजको चुनौती सामना गर्न कांग्रेसले सरकारलाई हरसम्भव सघाइरहेको उल्लेख गर्नुभएकाे छ ।

उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै कांग्रेस जिम्मेवार प्रतिपक्षी दलका रुपमा रहेर ‘सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ’ भन्ने भावनाका साथमा सरकारलाइ सहयाेग गरिरहेकाे बताउनुभएकाे छ ।

Facebook Comments