आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक(पूर्ण पाठ)
सरकारले आगामि आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गर्नुभएकाे हाे ।
चालू आ.व.काे तुलनामा आगामि आर्थिक बर्षका लागि बजेटकाे आकार घटाइएकाे छ । काेराेना भाइरसकाे महामारीका कारण अर्थतन्त्रमा समेत गम्भीर असर पर्ने ठहर सहित बजेटकाे आकार घटाइएकाे हाे ।
चालु आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
यद्यपि चालु आ.व.काे बजेट पनि संशाेधन हुने भएकाे छ । महामारीका कारण आम्दानी र खर्च समेत प्रभावित भइरहेकाे छ ।
आगामी आर्थिक वर्षका लागि कूल १४ खर्ब ७४ अर्ब ६४ करोड रूपैयाँकाे बजेट सार्वजनिक गरेकाे हाे ।
जसमा चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ ।
बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट ८ खर्ब ८९ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ जुटाइने अर्थमन्त्री खतिवडाले उल्लेख गर्नुभयाे ।
आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने बजेट बक्तव्यमा उल्लेख गरिएकाे छ ।
आर्थिक बर्ष २०७७/७८ काे बजेट बक्तव्यकाे पूर्ण पाठ

