नेपालमा एकैदिन ३ सय बढीमा काेराेना संक्रमण
नेपालमा एकैदिन ३ सय भन्दा बढीकाे संख्यामा काेराेना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ ।
पछिल्लो २४ घण्टामा थप ३ सय २३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
यससँगै कुल संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कैलाली र डोल्पामा गरी दुई जनाको कारोना संक्रमणका कारण मृत्यु भएको छ ।
नेपालमा हालसम्यम कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरूको संख्या १३ पुगेको छ । १ जनाकाे बाहेक मृत्यु भएपछि काेराेना संक्रमण पुष्टी भएकाे हाे । अझ २ जनाकाे अन्त्येष्टी भएपछि काेराेना संक्रमण पुष्टी भएकाे हाे ।
हालसम्म ३ सय ६५ जना काेराेनामुक्त भएर घर फर्केका छन् ।
शनिबार काठमाडाैंमा ४, स्याङ्जामा १०, कास्की र नवलपरासी बर्दघाट सुस्तापूर्व ३–३ जना तथा बागलुङमा एक जनामा संक्रमण पुष्टि भएको हो ।
प्रदेश ५ काे कपिलवस्तुमा ५० जना, बर्दियाका २८, बाँकेमा १२ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । त्यस्तै नवलपरासीका दुई जना, रुपन्देहीमा ३ जना र अर्घाखाँचीमा एक जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएकाे जानकारी अनुसार कर्णाली प्रदेशकाे दैलेखका ४७ जना, सल्यानका ३८ जनामा काेराेना संक्रमण पुष्टी भएकाे छ ।
यस्तै, सुर्खेतका ९ जना, जाजरकोटका ४ जना र डोल्पाका १ जनामा संक्रमण पुष्टि भएको छ ।
सुदूरपश्चिममा प्रदेशकाे बझाङमा ६ जना, कञ्चनपुर महाकालीका ३ जना, कैलालीमा २, अछाममा १ र डडेलधुरामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

