एमसीसी सम्झौता पढ्दै नपढी खुट्टा उचाल्ने काम भयाेः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्माओलीले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताबारे पढ्दै नपढीकनै नेताहरूले विरोध गरेकाे टिप्पणी गर्नुभएकाे छ ।

बुधबार राष्ट्रियसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले एमसीसी सम्झौतामा के छ खाेजेर पढ्न सुझाव दिदैं त्यसपछि प्रतिक्रिया दिन आग्रह गर्नुभयाे ।

प्रधानमन्त्रीले केही केहीले हल्ला चलाएकाे र त्यसकै पछाडि दगुर्ने काम भएकाे दावी गर्नुभयाे ।

पढ्ने भन्दा हल्लाका भरमा कुद्ने र जसरी भएपनि विरोध गर्न पाए भयो भन्ने कस्तो चिन्तन ? टाउकोले टेकेर खुट्टा ठाडो पार्ने अभ्यास किन जरुरी छ र ?’ त्यतिकै खुट्टा उचालेर टाउकाले टेक्ने काम नगराैं । कागले कान लग्याे भनेर कागकाे पछि दगुर्ने कि कान छाम्ने प्रधानमन्त्रीकाे प्रश्न थियाे ।

अमेरिकी सेना कहाँबाट आउँछ प्रधानमन्त्रीकाे प्रश्न थियाे । कतिपयले एमसिसि कार्यान्वयनमा गए नेपालकाे सार्वभाैमिकतामाथि प्रहार हुने बताउँदै आएका छन् ।

Facebook Comments