नेपालमा १७ हजार ५ सय २ जनामा कोरोना संक्रमण
नेपालमा १७ हजार ५ सय २ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण फेला परेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा कूल संक्रमितमध्ये ११ हजार ६ सय ३७ जना निको भएका छन् भने हालसम्म ४० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप १ सय ३ जनामा कोरोना संक्रमण फेला परेको हो ।
कोरोना भाइरसले यतिबेला विश्व नै आक्रान्त बनेको छ ।
चीनको वुहानमा ६ महिना पहिले देखिएको कोरोना भाइरसको संक्रमण दक्षिण एशिया र अमेरिकामा तीव्र रुपमा फैलिरहेको छ ।
पछिल्ला दिनहरुमा नेपालको छिमेकी मुलुक भारतमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।
Facebook Comments

