काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

 प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा असफल गराउने निर्णय गरेको छ । यसका साथै संसदकाे अधिवेशन बस्न लागेका बेला अध्यादेश जारी गरेकाे भन्दै काँग्रेसले अापत्ति प्रकट गरेकाे छ ।

कांग्रेस पदाधिकारीहरुको मंगलबार बसेको बैठकले नियमित अधिवेशन बोलाउनुपर्ने बेलामा विश्वासको मत लिन विशेष अधिवेशन बोलाएकोमा समेत असन्तुष्टि जनाएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता प्रकाशशरण महतले काँग्रेसले ओली सरकारलाई विश्वासको मत नदिने बताउनुभएकाे छ ।

साथै काँग्रेसले लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीकै संलग्नतामा असंवैधानिक काम भएकाे भन्दै कडा विराेध जनाएकाे छ ।

Facebook Comments