थप ५ हजार २ सय ८५ मा काेराेना संक्रमण पुष्टी

नेपालमा पछिल्लाे २४ घण्टामा देशभर ५ हजार २८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १७ हजार १४७ पीसीआर परीक्षणमा ५ हजार २८५ जनामा कोरोना पुष्टि भएको हो ।

याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा ६ हजार ८९८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७८९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ६८ जनाको मृत्यु भएको छ ।

Facebook Comments