पर्यटन ब्यवसायीद्वारा खाद्य सामाग्री सहयाेग

स्वावलम्बन जीवन पद्धति केन्द्र पोखराको पहलमा अपाङ्गता भएका १८ जनालाई खाद्यान्न सामाग्री सहयोग गरिएको छ ।

पोखरा लेकसाइडका पर्यटन ब्यवसायीद्वय नरेश भट्टराई र गोपीबहादुर भट्टराईले १८ जनालाई कोभिड १९ को महामारीका कारण भएको अभाव पुर्तिका लागि खाद्य लगायतका सामाग्री सहयोग गर्नुभएको हो ।

स्वावलम्बन जीवन पद्धति केन्द्रका हेमबहादुर गुरुङ र महासचिव अन्जना केसीले अपाङ्गता व्यक्तिलाई समस्या भएको बारे जानकारी गराउनुभएको थियो ।

२५ केजी चामल, तेल, चिनी, सोयविन गरी प्रति परिवार रु २५०० बराबरको सामाग्री सहयोग गरिएको हो ।

Facebook Comments