थप ५ हजार १५३मा काेराेना संक्रमण
नेपालमा पछिल्लो २४ घण्टामाथप ५ हजार १ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ६ हजार ५ सय ७० जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण १ सय ८ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ६५ पीसीआर परीक्षणमा ३हजार ८ सय ७० र ५ हजार ६ सय ११ एन्टिजेन परीक्षणमा १ हजार २ सय ८३ जना गरी कुल ५ हजार १ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ७ सय ३६ रहेको छ भने हालसम्म कोरोना भाइरस संक्रमणबाट ८ हजार ९८ जनाको मृत्यु भएको छ ।
Facebook Comments

