गाेड्से बन्ने अभिव्यक्ति फिर्ता लिन्छुः वैद्य
वाग्मती प्रदेश सभामा काँग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध प्रदेश सभामा महात्मा गान्धिकाे हत्या गर्ने नाथुराम गाेड्से बन्ने सम्बन्धमा दिएको अभिव्यक्ति फिर्ता लिनुभएकाे छ ।
शनिबार प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर वैद्यले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचना गर्दै संसदकाे रेकर्डबाट हटाउन अनुराेध गर्नुभएकाे थियाे ।
साे अभिव्यक्ति संसदकाे रेकर्डबाट हट्ने भएकाे छ ।
Facebook Comments

