स्याङ्जाको भीरकोटमा जीप दुर्घटना १ जनाको मृत्यु, सात घाइते
स्याङ्जाको छाङछाङदीमा आज विहान जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् ।
भीरकोट नगरपालिका ३ बानेथोकबाट छाङछाङदी हुँदै बयरघारी तर्फ आँउदै गरेको ग १ ज ४९४० नम्बरको जीप बुधबार विहान दुर्घटनामा परेकाे हाे ।
दुर्घटनामा भीरकोट वडा नं. ३ बानेथोक घर भएका अन्दाजी ४५ बर्षीय बिन्दु अधिकारीको ज्यान गएको हो ।
जीप घुम्तीबाट अन्दाजी १० मिटर तल खसेको थियो । दुर्घटना बारे अन्नुसन्धान शुरु गरिएको स्याङ्जा प्रहरी जनाएको छ भने घाइतेहरुलाई उपचारको लागी पोखरा ल्याइएकाे छ ।
बानेथोकका स्थानीय वोधराज केसीका अनुसार घाइतेहरुको हात खुट्टा , टाउको र शरिरमा बाहिरि चोट लागेको छ ।
Facebook Comments

