गण्डकी प्रज्ञा प्रतिष्ठानकाे आगामी याेजना सार्वजनिक
गण्डकी प्रज्ञा प्रतिष्ठानले आगामी आर्थिक वर्ष २०७८ र ०७९ मा भाषा, साहित्य,संगीत, कला र संस्कृतिको क्षेत्रमा उल्लेखिय काम गर्ने भएको छ । प्रतिष्ठानले दीर्घकालिन र अल्पकालिन योजनाका आधारमा काम गर्न लागेको हो ।
गण्डकी प्रदेश सरकारको मन्त्री परिषद्को २०७८ वैशाख १४ गतेको निर्णयअनुसार गठित ‘गण्डकी प्रज्ञा प्रतिष्ठान’ले भाषा, साहित्य,संगीत, कला र संस्कृतिको क्षेत्रमा क्रियाशिल संघसंस्था र स्रष्टाहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने र सो को प्रचारप्रसारमा टेवा पुुर्याउने योजना बनाएको छ ।
प्रतिष्ठानका सदस्य सचिव मनकुुमार श्रेष्ठले हाल प्रतिष्ठानको कार्यालय शिक्षा कार्यालय बगरमा रहेको र आवश्यक भौतिक सामाग्री खरिद गरी व्यवस्थित गर्ने कार्य भइरहेको जानकारी दिनुभयाे ।
उहाँका अनुसार लोक नृत्य, लोक गायन, लोकदोहोरी, चित्रकला र साहित्य क्षेत्रका विभिन्न प्रतियोगिता संचालन गर्ने तयारीमा प्रतिष्ठान रहेको छ । त्यस्तै संस्थाको लोगो र वेभसाइड बनाई अनलाइन माध्यममार्फत पनि प्रतिष्ठानका गतिविधिका बारेमा जानकारी लिन मिल्ने गरी व्यवस्थित गर्ने याेजना छ भने विभिन्न विधामा महत्वपूूर्ण योगदान पुुर्याउने स्रष्टाहरुको बायोग्राफी निर्माण गर्ने योजना प्रतिष्ठानको छ । स्रष्टा कलाकार, साहित्यकारको परिचय—पत्र निर्माण तथा वितरणमा समेत प्रतिष्ठानले काम गर्ने भएको छ ।

