थप १ हजार ७२१ जनामा काेराेना संक्रमण पुष्टि
नेपालमा पछिल्लाे २४ घण्टामा देशभर १ हजार ७२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५८६ पीसीआर परीक्षणमा १ हजार ७२१ जनामा कोरोना पुष्टि भएको हो।
यसैगरी, ४ हजार ७ सय ६५ एन्टिजेन परीक्षणमा ७ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ४७६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ३१ हजार १५२ पुगेको छ । जसमध्ये ५ लाख ७६ हजार ४१३ जना संक्रमण मुक्त भएका छन् ।
यस्तै, २४ घण्टामा ५ हजार ४५५ जना कोरोना संक्रमणमुक्त भएका हुन् । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप २७ जनाको मृत्यु भएको छ ।
Facebook Comments

