कास्कीमा बिरामी बाेकेकाे एम्बुलेन्स पहिराेमा फस्याे

कास्कीको मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर पाेखरातर्फ आउँने क्रममा एम्बुलेन्स खहरे खोलामा फसेका छ ।

मुग्रीबेंसीकी ८३ वर्षीया गोमा अधिकारी बिहीबार सिकिस्त बिरामी परेपछि पोखरा ल्याइँदै थियो। अधिकारीका घरका अन्य सदस्य कोरोना संक्रमित भएकाले कोरोनाको आशंकामा उपचार गर्न एम्बुलेन्समा राखेर पोखरा ल्याइँदै थियो। 

बिहानैदेखि पानी परिरहेकाेले बाटाेमा खहरे खाेलामा लेदोसहित आएको बाढीले एम्बुलेन्स अगाडि बढ्न सकेन । केही तलसम्म एम्बुलेन्स नै बगायाे ।

बिरामीकाे साेही क्रममा ज्यान गयाे भने एम्बुलेन्स चालक सुवास अधिकारी र बिरामीका आफन्त भागेर ज्यान जोगाउन सफल भए ।

निर्माणधीन मध्यपहाडी लोकमार्गमा साे दुर्घटना भएकाे मादी गाउँपालिकाका वडा न ९ का अध्यक्ष ताेरण गुरूङले जानकारी दिनुभयाे । मुग्रीबेंसीमा धेरै जना नै बिरामी परेकाले सडक भत्कदा समस्या परेकाे वहाँकाे भनाइ छ ।

फाेटाेः दिनेश गुरूङ

Facebook Comments