१ हजा ४३ जनामा कोरोना संक्रमण पुष्टि, २७ काे मृत्यु
नेपालमा पछिल्लाे २४ घण्टामा देशभर १ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २७ जनाकाे मृत्यु भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार विभिन्न जिल्लामा गरिएको ४ हजाार ८७६ पीसीआर परीक्षणमा १ हजार ४२ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी, ३ हजार २५६ एन्टिजेन परीक्षणमा ५६१ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल १ हजार ६०३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ४४ हजार ६२२ पुगेको छ ।
यस्तै, २४ घण्टामा २ हजार ५५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण भइ निको हुनेको संख्या ६ लाख ९ हजार २१८ पुगेको छ ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २२५ पुगेको छ ।
Facebook Comments

