थप २ हजार १६९मा कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घन्टामा थप २हजार १ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ४ सय १७ परीक्षणबाट थप २हजार १ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार मुलुकभरमा ६ हजार ५ सय ३० जनाको पिसिआर परीक्षणबाट १ हजार ३ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ भने ३ हजार ८ सय ८७ जनाको एन्टिजेन परीक्षणबाट ८ सय १६ जनामा पुष्टि भएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार ४ सय ३२ जना संक्रमणमुक्त भएका छन् भने याे अवधिमा २२ जनाको ज्यान गएको छ।
Facebook Comments

