बाढीले वितण्डा मच्चाएकाे २६ दिनपछि प्रधानमन्त्रीद्वारा मेलम्चीकाे स्थलगत अवलोकन

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बाढी प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालगायत क्षेत्रको स्थलगत अवलोकन गर्नुभएकाे छ ।

साे क्रममा प्रधानमन्त्री ओलीले मेलम्ची बजारले भोगिरहेको प्राकृतिक क्षतिको दीर्घकालीन समाधान खोज्दै बजारलाई अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने बताउनुभयाे ।

उहाँले बजारको बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गरेपछि त्यस ठाउँमा तरकारी तथा फलफूल खेती गरिने समेत उल्लेख गर्नुभएकाे छ । गत असार १ गते र २ गते सिन्धुपाल्चाेक जिल्लाकाे हेलम्बु र इन्द्रावती नदीमा बाढी अाउँदा हेलम्बु बजार र मेलम्ची बजारमा ठूलाे क्षति पुगेकाे छ ।

Facebook Comments