थप २ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप २,६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३३ जनाकाे मृत्यु भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएका जानकारीअनुसार ८ हजार २ सय ५६ पीसीआर परीक्षणमा १ हजार ७ सय ८२ र ४ हजार ५ सय १२ एन्टिजेन परीक्षणमा ८ सय ९४ जना गरी २ हजार ६ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ भने १ हजार ७ सय ५७ जना संक्रमणमुक्त भएका छन् ।
सक्रिय संक्रमित २६ हजार ६ सय ३९ जनामध्ये होम आइसोलेसनमा २४ हजार २५ जना छन् भने अस्पतालमा दुई हजार ६ सय १४ जना रहेका छन् । पछिल्लाे समय निशेधाज्ञा खुकुलाे भएसँग संक्रमितकाे संख्या थपिएकाे छ ।
Facebook Comments

