थप २ हजार ४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८ सय ३३ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६ सय ४२ जना र ३ हजार ८ सय ३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८ सय ३ जना गरी २ हजार ४ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै याे अवधिमा ३२ जनाकाे मृत्यु भएकाे पनि मन्त्रालयले जनाएकाे छ । नेपालमा हाल सक्रिय संक्रमितकाे संख्या २५ हजार ८ सय ३७ जना रहेका छन् ।

Facebook Comments