नहरमा डुब्दा चितवनमा दुई जनाको मृत्यु

चितवनको भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा २ जनाकाे नहरमा डुबेर मृत्यु भएकाे छ ।

साेही स्थानका १६ वर्षीय अंकित जोशी र १४ वर्षीय विवेक शर्माको पनि नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।

बुधबार करिब दिउँसाे चार बजेको समयमा क्षेत्रपुरको खुल्ला चौरमा क्रिकेट खेलेर नजिकै रहेको नहरमा हातखुट्टा धुने क्रममा विवेक चिप्लिएर नहरमा खसेपछि बचाउन जाने क्रममा अंकित पनि नहरमा बग्न पुगेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीले २०० मिटर पर नहरबाट उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल ल्याएपनि उपचारका क्रममा उनीहरुको साँझ मृत्यु भएको हाे । चितवनका विभिन्न स्थानमा रहेका नहरमा तार जाली छैनन् जसले गर्दा विशेष गरी बालबालिकाहरू डुब्ने जाेखिम रहँने गरेकाे छ ।

Facebook Comments