बुधबार थप  ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा बुधबार थप  ३ हजार ८ सय ४० जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लो २४ घण्टामा १० हजार ८ सय ८६ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ६ सय ३४ मा संक्रमण देखिएको हाे ।

त्यस्तै एन्टिजेन विधिबाट ४ हजार ९२२  गर्दा १ हजार २ सय ६ जनामा संक्रमण देखिएको छ। कुल १५ हजार ८ सय ८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

थप ३३ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना कोरोनाबाट मुक्त भएका छन्। 

संक्रमणदर विस्तारै बढ्दाे अवस्थामा योसहित रहेकाे पनि मन्त्रालयले जनाएकाे छ । हाल सक्रिय संक्रमितकाे संख्या २९ हजार ४४४ पुगेकाे छ भने मृत्यु हुनेको संख्या हालसम्म ९ हजार ७ सय ७१ पुगेको छ।

Facebook Comments