थप २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि, ५५ काे मृत्यु

आइतबार २ हजार ५ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार

९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १ सय ३७ जना र ३ हजार ३ सय ४५ एन्टिजेन परीक्षण गर्दा ४ सय ११ गरी २ हजार ५ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हाे ।

आइतबार मात्रै २ हजार २९ जना निको भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ७ लाख १४ हजार ८७७ पुगेको छ । तीमध्ये १० हजार ९३ जनाको मृत्यु भएको छ भने ६ लाख ६९ हजार २९९ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४८५ जना रहेका छन् । कोरोनाका बिरामीमध्ये ८ सय २ जना आईसीयू र १ सय ८१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

पछिल्लाे समय अस्पतालहरूमा काेराेना संक्रमित वि रामीकाे चाप बढिरहेकाे छ । सक्रिय संक्रमित अधिकांश हाेम आइसाेलेसनमा छन् ।

त्यस्तै आइतबार मात्रै ५५ जनाकाे मृत्यु भएकाे छ । याे ४६ दिन यताकै उच्च भएकाे मन्त्रालयले उल्लेख गरेकाे छ ।

Facebook Comments