नेपालमा क्रिप्टोकरेन्सी सम्बन्धी कारोबार अबैध
नेपालमा क्रिप्टोकरेन्सी सम्बन्धी कारोबार अबैध हुने भएकाे छ । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी सम्बन्धी कारोबार गैह्रकानूनी ठहर गर्दै काराेबार नगर्न सचेत तुल्याएकाे छ ।
क्रिप्टोकरेन्सी सम्बन्धी कारोबार अबैध हुन भन्दै राष्ट्र बैंकले सूचना जारी गरेकाे छ ।
बैंकका विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक राम पौडेलकाे हस्ताक्षरमा बिहीबार जारी गरिएकाे सूचनामा क्रिप्टोकरेन्सी कारोबार, प्रयोग र यसको माइनिङ जस्ता कार्य गैह्रकानूनी भएको भन्दै कारोबार नगर्न/नगराउन भनिएकाे छ ।
Facebook Comments

