मंगलबार १ हजार ५६२ मा काेराेना संक्रमण पुष्टि

मंगलबार नेपालमा १ हजार ५ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लाे २४ घण्टामा १४ हजार ४ सय ४३ जनाकाे परीक्षण गर्दा १ हजार ५ सय ६२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पिसिआर विधिबाट १० हजार २ सय ६६ जना र एन्टिजेनबाट ४१७७ जनाको परीक्षण गरिएकाे थियाे । मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लाे २४ घण्टामा १ हजार ५ सय ८९ संक्रमित निको भएका छन्। 

संक्रमणबाट पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा १० हजार ९ सय ८४ जनाको मृत्यु भएको छ। 

Facebook Comments