प्रदेश नं. १ र बाग्मतीमा नेकपा एकीकृत समाजवादीकाे नेतृत्वमा सरकार बन्ने !
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रदेश नं. १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएकाे छ ।
काठमाणडाैंमा पेसागत महासंघ नेपालको राष्ट्रिय समितिको बिस्तारित बैठकलाई सम्बोधन गर्ने क्रममा ती दुइ प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दावी गर्नुभएकाे हाे ।
साथै नेता नेपालले प्रदेश नम्बर २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीको सशक्त उपस्थिति रहेको उल्लेख गर्नुभयाे ।
माधवकुमार नेपाल लगायतका नेताहरूले पार्टी छाडेर राम्राे भएकाे बताउने केपी शर्मा ओलीले किन संसदमा नाराबाजी गर्न परेकाे भन्दै प्रश्न गर्नुभएकाे थियाे ।
Facebook Comments

