थप ७ सय ७६ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २ सय ८४ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ७३ जना र २ हजार ५ सय ८० जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ३ गरी ७ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे हाे ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने ५ सय १ जना निको भएकाे जनाएकाे छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ३ सय ६० रहेका छ । जसमध्ये ९ हजार ६ सय १७ जना होम आइसोलेसनमा रहेका छन् भने ७ सय ४३ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये गम्भीर अवस्थाका ३२८ जना भने विभिन्न अस्पतालका आईसीयू तथा भेन्टिलेटरमा उपचाररत् छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेकाे संख्या ८ लाख ९ हजार ७२९ पुगेको छ । हालसम्म मृत्‍यु हुनेको संख्या ११ हजार ३ सय ६१ छ भने ७ लाख ८८ हजार ८ जना काेराेना भाइरसकाे संक्रमणबाट मुक्त भएका छन् ।

Facebook Comments