भारत, अमेरिका र बेलायतमा राजदूत सिफारिस

सरकारले भारत, अमेरिका र बेलायतमा राजदूत सिफारिस गरेको छ । मन्त्री परिषद् बैठकले भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत सिफारिस गरेकाे हाे ।

शर्मा यसअघि नेपालका लागि अमेरिकी राजदूत, खत्री परराष्ट्र मामिलाका विज्ञ र आचार्य यसअघि संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि रहनुभएकाे थियाे ।

यसअघि केपी शर्माअाेली नेतृत्वकाे सरकारले नियुक्त गरेका राजदूत फिर्ता गर्ने निर्णय गरेकाे सरकारले नियुक्तिका लागि सिफारिश गर्न थालेकाे हाे ।

Facebook Comments