नेपालमा थप ५ सय ११ जनामा काेराेना संक्रमण
नेपालमा पछिल्लो २४ घण्टामा थप ५९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ हजार ४ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा ५ सय २७ जना र २ हजार ५ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जना गरी ५ सय ९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ६ सय ६४ जना निको भएका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ८ लाख ११ हजार ४०७ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८२ पुगेको छ ।
हालसम्म ७ लाख ८९ हजार ७८९ जना संक्रमणमुक्त भएका छन् । पछिल्लाे समय सरकारले काेराेना खाेप अभियान सञ्चालन गरिरहेकाे छ ।
Facebook Comments

