थप १ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार २ हजार ३०७ पीसीआर परीक्षणमा शुक्रबार थप १७४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै एन्टिजेन विधिद्वारा गरिएको २ हजार ५३७ परीक्षणबाट ९ जनामा पोजिटिभ देखिएकाे छ ।

मन्त्रालयले हालसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १४ हजार २८९ पुगेको जनाएकाे छ ।

२४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको ४ हजार ८४४ परीक्षणमा १८३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ६४९ जना संक्रमणमुक्त भएकाे जनाएकाे छ । त्यस्तै हालसम्म निको हुनेको संख्या ७ लाख ९४ हजार ४३८ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४३८ पुगेको छ पनि मन्त्रालयले उल्लेख गरेकाे छ ।

Facebook Comments