भाइटीकाको उत्तम साइत ११ः ०२ मिनेटमा
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत १ बजेर २ मिनेटमा रहेकाे छ ।
दशैं तथा तिहारकाे अवसर टिका ग्रहणका लागि उत्तम साइत सार्वजनिक गर्दै आएको विकास समितिका अनुसार कात्तिक २० गते, बिहान ११ बजेर २ मिनेटमा भाइटीका को उत्तम साइत छ।
२०७८ सालको तिहारपर्व सँग सम्वन्धित दिन तथा साईतहरू
१) वि.सं. २०७८ कार्तिक १६ गते, मंगलवार – यमदीपदान, धनत्रयोदशी (धन्तेरस), धन्वन्तरी जयन्ती ।
२) वि.सं. २०७८ कार्तिक १७ गते, बुधवार – काकबली (कागतिहार) कुकुरतिहार नरकचतुर्दशी (रात्रिका अन्त्यमा तेललगाएर नुहाउने)
३) वि.सं. २०७८ कार्तिक १८ गते, विहिवार – लक्ष्मीपूजा, दीपमालिका, सुखरात्रि ।
४) वि.सं. २०७८ कार्तिक १९ गते, शुक्रवार – गोबर्धनपूजा, गोवलीपूजा, हलितिहार, म्हपूजा, ने.सं ११४२ प्रारम्भ ।
५) वि.सं. २०७८ कार्तिक २० गते, शनिवार – यमद्वितीया भाइटीका ,(किजापूजा) विहान ११ः२ बजे ।

