बुवाआमाको नाममा विद्यालयमा अक्षयकोष स्थापना
पोखरा महानगर पालिका वडा न ६ बैदाममा अवस्थित तालबाराही माध्यमिक विद्यालयमा भुपु विधार्थी श्रीकृष्ण पहारी र पत्नी सरु पहारीले आफ्ना बुवा रामजी प्रसाद पहारी र आमा देवी पहारी को नाममा अक्षयकोष स्थापना गरेका छन ।
आर्थिक अभावमा विद्यालय जान नपाएका वा नियमित नभएका विद्यार्थीहरुको पढाइलाई सहयोग पु¥याउने उद्देश्य साथ पोखरा ६ बैदाम निवासी पहारी दम्पतीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाकोकोष स्थापना गरिदिएका हुन् ।
पहारीलेआइतबार एक कार्यक्रमको आयोजना गरीबुवा रामजी प्रसादपहारी र आमा देवीपहारीले चेक विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण न्यौपाने र विद्यालयका प्रधानध्यापक तारा प्रसाद पोखरेललाई सयुक्त रुपमा हस्तान्तरण गरेका थिए । अक्षयकोष दाता पहारीले अध्ययन गरेको विद्यालयलाई सहयोग गर्ने पाउँदा खुशि लागेको बताउनुभयाे ।
Facebook Comments

