हेलिकप्टर दुर्घटनामा भारतीय सेनाका पूर्व प्रमुख विपिन रावतकाे मृत्यु

भारतको तमिलनाडुमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना भएकाे छ ।

साे दुर्घटनामा हुँदा भारतीय स्थल सेनाका पूर्व प्रमुख एवं ‘चिफ अफ डिफेन्स स्टाफ’ विपिन रावतसहित १३ जनाको मृत्यु भएको भारतीय एयर फोर्सले जनाएकाे छ ।

बुधबार दिउँसो भारतीय सेनाको आईएएफ एमआई १७ भी ५ हेलिकप्टर तामिलनाडु राज्यको कुन्नर भन्ने ठाउँमा दुर्घटना हुँदा रावतसहित १३ जनाको मृत्यु भएको भारतीय एयर फोर्सले पुष्टि गरेको हाे ।

रावतसँगै उनकी पत्नी मधुलिका रावत र अरु ११ जनाको मृत्यु भएको हाे ।

दुर्घटनाग्रस्त हेलिकप्टरमा रावतसहित १४ जना सवार थिए ।  बुधबार बिहान तामिलनाडुको सुलुरस्थित सैन्य शिविरबाट वेलिङटन जाने क्रममा हेलिकप्टर दुर्घटना भएको थियो । बाक्लो कुहिरोका कारण जंगलमा दुर्घटना भएलगत्तै हेलिकप्टरमा आगो लागेको बताइएकाे छ ।

रावत विलिङ्टनस्थित स्टाफ कलेजमा तालिम लिइरहेका अफिसरहरुलाई सम्बोधन गर्न गएकाे भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

Facebook Comments