कांग्रेसमा ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन
कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले शुक्रबार सभापति शेरबहादुर देउवाद्वारा प्रस्तावित कार्यसम्पादन समितिलाई अनुमोदन गरेको हो ।
सभापति देउवाले समितिमा १३ जना पदेन पदाधिकारीबाहेक २४ सदस्य मनोनयनका लागि प्रस्ताव गर्नुभएकाे थियाे ।
कार्यसम्पादन समिति गठनमा वरिष्ठतालाई प्रमुख आधार बनाइएको छ । पूर्वपदाधिकारीहरू रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, चित्रलेखा यादव, रामशरण महत, अर्जुननरसिंह केसी, प्रकाशशरण महत र सुनीलबहादुर थापा कार्यसम्पादन समितिमा समेटिएका छन् ।
शुक्रबारको भर्चुअल बैठकमा केन्द्रीय सदस्यहरू उत्साहपूर्ण रूपमा जोडिए पनि आफ्ना धारणा राख्न भने पाएनन् । बैठकमा सभापति देउवा, उपसभापतिद्वय खड्का र गुरुङ तथा महामन्त्रीद्वय थापा र शर्मा भने केन्द्रीय कार्यालय सानेपाबाट बैठकमा सहभागी हुनुभयाे ।
त्यसपछि महामन्त्री गगन थापाले थापाले सभापति देउवाद्वारा प्रस्तावित नाम पढेर सुनाउनुभएकाे थियाे ।
समितिमा सदस्यहरू
पदेन
शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, धनराज गुरुङ, गगन थापा, विश्वप्रकाश शर्मा, फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे, जीवन परियार ।
मनोनीत
रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, चित्रलेखा यादव, रामशरण महत, अर्जुननरसिंह केसी, प्रकाशशरण महत, सुनीलबहादुर थापा, शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, नारायण खड्का, जिपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही, आनन्दप्रसाद ढुंगाना ।

