एमसिसी पास हुने

सत्ता गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित गर्ने भएका छन् ।

आइतबार बिहान बसेकाे सत्ता गठबन्धनकाे बैठकमा यसअघि परिमार्जन विना पास नगर्ने अडानमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसिसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्न सहमति जनाएका हुन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद बैठकबाट एमसीसी आजै अनुमोदन गर्ने निर्णय भएकाे बताउनुभयाे ।

सत्ता गठबन्धनको बैठकअघि आज बिहान बसेको नेकपा माओवादी केन्द्रको स्थायी समितिकाे बैठकले एमसीसीलाई ब्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको थियो ।

एमसिसिकाे कारण सत्ता गठबन्धन नै धरापमा पर्ने भएपछि व्याख्यात्मक घाेषणा सहित अनुमाेदन गर्ने विकल्पमा सहमत भएका हुन् ।

Facebook Comments