अस्थायी, करार तथा ज्यालादारी कर्मचारीको जिल्ला भेला हुने
अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको जिल्ला भेला शनिबार हुने भएको छ ।
सरकारी निकायमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी श्रमिक कर्मचारीहरु आवद्ध संघको प्रथम जिल्ला भेला हुन लागेको हो ।
भेलामा कास्की जिल्लाका विभिन्न सरकारी कार्यालयहरुमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरु सहभागी हुने बताइएको छ । भेलाले संघको जिल्ला नेतृत्व चयन गर्ने बताइएको छ ।
Facebook Comments

