पल शाहविरुद्ध नवलपरासीमा मुद्दा दर्ता
अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत पूर्वी नवलपरासीमा बिहीबार बलात्कारको अभियोगमा मुद्दा दर्ता भएको छ ।
किशोरीले आफूलाई एक वर्षअघि गैंडाकोटको होटलमा बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा पलविरुद्ध उजुरी दिएकाे उजुरी उपर प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलकाे कार्यालयमा प्रतिवेदन दिएकाे थियाे ।
सरकारी वकिल कार्यालयले किशोरीको उजुरीको आधारमा बिहीबार मुद्दा दर्ता गरेको हो ।
२०७७ चैत ७ गते एउटा गीतको सुटिङको क्रममा गैंडाकोटकाे एक हाेटलमा राति पल शाहले बलात्कार गरेको किशाेरीकाे उजुरी थियाे । एकैदिन सकिने छायांकनलाई दुई दिन लगाई राति रक्सी खुवाएर बलात्कार गरेको आरोप ती युवतीको छ ।
शाह विरूद्ध नाबलिका बलात्कारकाे अभियाेगमा १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय र किशोरीलाई क्षतिपूर्ति दिनपर्ने माग सहित मुद्दा दायर गरिएकाे हाे ।
बलात्कारका अभियाेगमा वारदात भएकाे १ बर्षभित्र मुद्दा दर्ता गर्नुपर्ने प्रावधान छ।

