नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घकाे अध्यक्षमा स्वाँर चयन

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा विजयबहादुर स्वाँर निर्वाचित हुनुभएकाे छ ।

महासङ्घको मंगलबार सम्पन्न महाधिवेशनले स्वाँरलाई निर्विरोध अध्यक्ष पदमा निर्वाचित गरेको हो । यसअघि तीन कार्यकाल वरिष्ठ उपाध्यक्ष रहनुभएका स्वाँर छैँटौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएकाे हाे ।

महासंघकाे उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षमा ऐनकुमार साई, पुण्यप्रसाद सिटौला सरोज र हरिशरण केसी निर्वाचित हुनुभएकाे छ ।

महासङ्घको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यमा भने निर्वाचन हुने कार्यक्रम रहेको छ । वरिष्ठ उपाध्यक्ष तीन पदको लागि पाँचजनाको उम्मेदवारी परेपछि निर्वाचन हुन भएकाे हाे ।

महासङ्घको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यमा भने निर्वाचन हुने कार्यक्रम रहेको छ । वरिष्ठ उपाध्यक्ष तीन पदको लागि पाँचजनाको उम्मेदवारी परेपछि निर्वाचन भएकाे हाे ।

वरिष्ठ उपाध्यक्षका लागि वर्तमान वरिष्ठ उपाध्यक्षद्वय दीपक अधिकारी, हरिशरण केसी, वर्तमान महासचिव पुन्यप्रसाद (सरोज) सिटौला, वर्तमान उपाध्यक्ष ऐनकुमार शाही र केदार पौडेलको उम्मेदवारी परेपछि निर्वाचन हुन लागेको हो ।

महासङ्घको महासचिवमा डेकनाथ गौतम, उपमहासचिवमा पुरुषोत्तम सिङ्खडा, गगन रोका र शम्भु रिजाल, कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ तथा सहकोषाध्यक्षमा अर्जुन गौतम निर्विरोध निर्वाचित चयन हुनुभएकाे छ ।

यसैगरी, ट्याक्सीतर्फको वर्गीय संयोजकमा प्रकाश तिवारी तथा बागतमी प्रदेशबाहेक सबै प्रदेशको प्रदेश संयोजक समेत निर्विरोध भएको छ ।

यस्तै, उपाध्यक्ष, सचिव र सदस्यमा पनि आवश्यकताभन्दा बढी व्यवसायीको उम्मेदवारी परेपछि निर्वाचनबाट चयन गरिएकाे महाधिवेशन प्रचारप्रसार समितिका संयोजक एवं महासचिव सिटौलाले जानकारी दिनुभयाे ।

यसैवीच नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको गण्डकी प्रदेश संयोजकमा केदार पौडेल निर्वाचित हुनुभएकाे छ ।

महासंघको मंगलबार सम्पन्न छैटौं राष्ट्रिय माहाधिवेशनबाट स्थानीय यातायात प्रा.लि.का अध्यक्षसमेत रहनुभएका पौडेल गण्डकी प्रदेश संयोजकमा सर्वसम्मत निर्वाचित हुनुभएकाे हाे ।

Facebook Comments