बाबुकाे मृत्युपछि छाेरा, सासुकाे मृत्युपछि बुहारी उम्मेदवार
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा उपमेयरको उम्मेदवारको मृत्यु भएपछि कांग्रेसले मृतककै बुहारीलाई उपमेयरकाे उम्मेदवार बनाएको छ ।
कांग्रेसले उपप्रमुख पदकी उम्मेदवार सुभावती कुर्मीको मृत्युपछि निजकी जेठी बुहारी रिताकुमारी कुर्मीलाई उम्मेदवार बनाएको हो । हृदयघातबाट सुभावतीको मृत्यु भएपछि निर्वाचन आयोगले आयोगले ३ जेठमा निर्वाचन हुने गरी नयाँ निर्वाचन कार्यक्रम तय गरेकाे छ ।
आयोगको नयाँ निर्वाचन कार्यतालिका अनुसार कांग्रेसले रितालाई उपमेयरको उम्मेदवार दर्ता गराइसकेकाे छ ।
त्यस्तै स्थानीय तहकाे निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारकाे मृत्यु भएपछि दाङकाे तुलसीपुर वडा नं. १७ मा एमालेले मृतक छाेरालाई उम्मेदवार बनाएकाे छ । त्यस्तै स्थानीय तहकाे निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारकाे मृत्यु भएपछि दाङकाे तुलसीपुर वडा नं. १७ मा एमालले मृतक छाेरालाई उम्मेदवार बनाएकाे छ ।
नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मा वडाध्यक्षका उम्मेदवार लबरू चौधरीको मृत्यु भएपछि छोरा प्रदीप चाैधरीलाई उम्मेदवार बनाएको हाे ।
उम्मेदवारको मृत्युपछि निर्वाचन आयोगले उक्त वडामा जेठ ३ गते निर्वाचनको मिति तय गरेको छ र बुधबार र बिहीबार उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

