६८५ स्थानीय तहकाे निर्वाचन परिणाम सार्वजनिक

विराटनगरमा गठबन्धनबाट मेयर तथा एमालेबाट उपमेयर निश्चित, अन्य महानगरमा गठबन्धनका अगाडि

बैशाख ३० मा भएकाे स्थानीय तह निर्वाचनकाे मतपरिणाम आउने क्रम जारी छ । देशभरका ७५३ मध्ये ६८५ स्थानीय तहकाे मतगणना सकिएको छ । याे समाचार तयार पार्दासम्म ४०८ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको हाे ।

सार्वजनिक भएकाे परिणाम अनुसार ३०५ पालिका जितेर कांग्रेस पहिलो, १८६ स्थानमा जितेर एमाले दोस्रो र माओवादी केन्द्रले ११७ स्थान जितेर तेस्राे स्थान छ । यस्तै नेकपा (एकीकृत समाजवादी) ले १७, जनता समाजवादी पार्टीले २३ स्थान जित्दा लाेकतान्त्रिक समाजवादी पार्टीले १० र अन्यले २८ पालिकामा जित हासिल गरेका छन् । अन्यमा विवेकशील साझा, सिके राउतकाे जनमत पार्टी, रेशम चाैधरीकाे समर्थनमा गठन भएकाे पार्टी, राप्रपा र स्वतन्त्र उठेर निर्वाचन जित्ने उम्मेदवार रहेका छन् ।

गणना बाँकी रहेका ६८ पालिकाहरु मध्ये अधिकांशमा ठूला दलहरुकाे अग्रता छ । महानगरमा मतसंख्या धेरै भएकाले मतगणना सम्पन्न हुन समय लाग्ने देखिएकाे छ ।

चर्चामा रहेकाे भरतपुर महानगरपालिकामा रेनु दाहालकाे अग्रता बढिरहेकाे छ भने पाेखरा महानगरपालिकामा पनि गठबन्धनका उम्मेदवार धनराज आचार्यकाे अग्रता फराकिलाे बनिरहेकाे छ ।

अरू ४ महानगरमध्ये ललितपुर र विराटनगरमा नेपाली कांग्रेसका उम्मेदवार अगाडि रहँदा विरगंजमा जसपा र काठमाण्डाैमा स्वतन्त्र उम्मेदवार बालेन शाहकाे अग्रता देखिएकाे छ ।

Facebook Comments