मुग्लिङ दमौली सडक खण्डमा राती ५ घण्टा सवारी चलाउन रोक
मुग्लिङ पोखरा सडक खण्डको विस्तारका लागि ५ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ ।
सडक विभाग अन्तर्गत मुग्लिङ पोखरा सडक योजना पूर्वी खण्ड कार्यालयले सूचना जारी गरेर राती ११ बजेदेखि विहान ४ बजेसम्म मुग्लिङ देखि दमौलीसम्मको खण्डमा यातायात नचलाइदिन अनुरोध गरेको छ ।
हाल मुग्लिङ पोखरा सडक खण्डको विस्तार कार्य भइरहेको छ । सडकमा रातको समयमा काम गर्नका लागि सवारी साधान बन्द गर्न लागिएको हो । अर्काे सूचना नभएसम्मका लागि साे समयमा सवारी नचलाउन अनुराेध गरिएकाे हाे ।

Facebook Comments

