सहिद लखन गोर्खाका जनप्रतिनिधिलाई काठमाण्डौमा बधाई तथा शुभकामना
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) सहिद लखन–काठमाण्डौ सम्पर्क समन्वय समितिले स्थानीय तहको गत बैशाख ३० मा भएको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना प्रदान गरेको छ ।
काठमाण्डौमा भएको बधाई तथा शुभकामना प्रदान कार्यक्रममा माओवादी केन्द्रका शीर्ष नेता नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, हरिराज अधिकारी, चुणामणि खड्का, सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगर, उपाध्यक्ष इन्दिरा तिवारी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले जनताका समस्या समाधानका लागि सहज र सर्वसुलभ सेवा प्रवाहका गर्न जनप्रतिनिधिहरुलाई निर्देशन दिएका थिए ।
Facebook Comments

