चुनाव खर्चिलाे हुँदा गणतन्त्र नै खतरामा !
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन खर्चिलाे हुँदा गणतन्त्र नै खतरामा पर्न सक्ने बताउनुभएकाे छ ।
वर्तमान निर्वाचन प्रणालीका कारण कराेडाैं रूपैयाँ खर्च गरेर निर्वाचनमा हाेमिनुपर्ने अवस्था रहेकाे भन्दै उहाँले यसले गणतन्त्र नै खतरामा पर्ने बताउनुभएकाे हाे ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निर्वाचन प्रणालीप्रति असन्तुष्टी व्यक्त गर्नुभएकाे हाे ।
भर्खरै सम्पन्न स्थानीय तह अन्तर्गत गाउँपालिकामा नै १० करोड खर्च गरेर चुनाव जितियो भन्ने सुनेकाे भन्दै प्रचण्डले भन्नुभयाे, ‘यही हिसावले त प्रदेश र संघको चुनाव जित्न अर्बौं रकम चाहिने स्थिति देखियाे, त्यसैले याे निर्वाचन प्रणालीले दलालहरूले मात्र जित्ने अवस्था हुने भयाे ।’
सामान्य वा पूँजी नहुनेले चुनाव जित्नु त सपना हुनेभयाे, उम्मेदवार बन्न नै नसक्ने अवस्था भयाे प्रचण्डकाे भनाइ थियाे ।

