गठबन्धनका कारण राष्ट्रियतामा खतराः एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ता गठबन्धनका कारण राष्ट्रियतामा खतरा सिर्जना हुनुका साथै परराष्ट्र सम्बन्ध विग्रिएकाे लगाउनुभएकाे छ ।

पाेखरामा लोकतान्त्रिक तमु संघको राष्ट्रिय सम्मेलनमा बोल्दै ओलीले परमादेशबाट जन्मिएकाे सरकारका कारण राष्ट्रियतामा खतरा सिर्जना हुनुका साथै परराष्ट्र सम्बन्ध विग्रिएकाे बताउनुभयाे ।

साथै उहाँले पूर्ववर्ती सहकर्मीहरू प्रति समेत आपराधिक उद्देश्य, ईर्ष्या र डाहा गर्ने चरित्रका भएकाे टिप्पणी गर्नुभएकाे छ ।

खास गरी अध्यक्ष ओलीले माधव नेपाल र नेपाल नेतृत्वकाे पार्टीप्रति आक्राेश व्यक्त गर्दै तत्कालीन अवस्थमा नेपालकाे नेतृत्वमा एमालेलाइ रसातालमा पुर्याएकाे र आफूले पार्टीकाे अवस्थमा सुधार गरेकाे बताउनुभयाे ।

आफूले राम्राे गरेपनि माधव नेपाल लगायतले देख्न नसकेकाे उहाँकाे टिप्पणी थियाे ।

अहिलकाे गठबन्धनले सत्ता जाेगाउने नाममा जे पनि गर्न सक्ने भन्दै उहाँले अर्थमन्त्री माथिकाे छानबिन नै बेकम्मा बनाइएकाे तर्क गर्नुभयाे ।

साथै अध्यक्ष ओलीले माधव नेपालको पार्टी अबको निर्वाचनपछि नरहने जिकीर गर्नुभएकाे छ । उक्त पार्टीले थ्रेस हाेल्ड समेत पास गर्न नसक्ने भन्दै नेकपा एकीकृत समाजवादीमा रहेका कार्यकर्तालाई एमालेमा फर्कन आग्रह गर्नुभएकाे थियाे ।

कांग्रेस सभापति शेरबहादुर देउवाकाे नेतृत्वमा राणाकालकाे जस्तै शासन लागू भएकाे र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समस्या मात्र सिर्जना गर्ने गरेकाे ओलीकाे आरोप थियाे ।

Facebook Comments