माधव नेपाल चुनावी कमाण्डर

आम नागरिक भर्खरै दशैं मनाएका छन् भने नजिकिंदाे तिहार छठ लगायतका पर्वकाे राैनकमा रम्ने सुरसारमा छन् । राजनीतिक दललाइ भने चुनावकाे राैनकले छाेएकाे छ । ३१ दिनपछि मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दल र निर्वाचनमा उम्मेदवारी दिएकाहरू रणनीति बनाएर प्रचार प्रसारमा लागेका छन् ।

यसैवीच बुधबार काठमाण्डाैमा बसेकाे बैठकपछि नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधव नेपालको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

नेपालको नेतृत्वमा २५ सय १ सदस्यीय समिति गठन गरेको हो समाजवादीले साे समितिमा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय आयोगहरु, केन्द्रीय सल्लाहकार परिषद र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय परिषदका पदाधिकारी एवं सदस्यहरु र पार्टीका प्रदेश कमिटीका पदाधिकारीहरु एवं जनवर्गीय संगठनका पदाधिकारीलाइ समेटेकाे छ ।

त्यस्तै बैठकले महासचिव भुसालको नेतृत्वमा २२ सदस्यीय निर्वाचन परिचालन समितिको सचिवालय समेत गठन गरेको जनाइएकाे छ । सत्ता गठबन्धनमा सामेल भएकाे समाजवादीले प्रतिनिधिसभामा र प्रदेशसभामा अन्य दलसँग तालमेल गरेर उम्मेदवारी दिएकाे छ । जस अनुसार पार्टी अध्यक्ष राैतहट १ बाट गठबन्धनकाे साझा उम्मेदवार बन्नुभएकाे छ ।

Facebook Comments