निर्वाचनपछि जनताको जीवनस्तर बदल्नेछौं : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनताको जीवनस्तर बदल्ने गरी काम गर्ने बताउनुभएकाे छ।

संविधानमा संशोधन गर्नुपर्ने भन्दै वाग्लुङ २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका पाैडेलले बुधबार तमानखोला गाउँपालिका वडा नम्बर ५ र ६ को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताको जीवनस्तर बदल्ने गरी संविधान संशोधन गर्ने बतानुभयो ।
“जनताको जीवनस्तर बदल्नका लागि लेखिएको दस्ताबेज संविधान हो,” उहाँले भन्नुभयो, “यो जनताको आवश्यकता अनुसार संविधान परिमार्जन गछौं ।” उहाँले विभिन्न प्रकारका समस्या र अप्ठ्यारो आउँदा लोकतान्त्रिक र बामपन्थी शक्ति मिलेर अघि बढेको बताउनुभयो ।

लामो समयको बलिदानबाट प्राप्त उपलिब्धलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले मेटाउन खोजेको बताउँदै पाच दलिय गठबन्धन बनेको बताउनुभयो । उहाँले सरकार बनाउनका लागि मात्रै नभई संघीय लोकतान्त्रिक गणत्रन्त्र रक्षाका लागि ५ दलिय गठबन्धन भएको दोहोर्याउनुभयो ।

राष्ट्रपतिलाई दुरुपयोग गरी दुई दुई पटक संसद विघटन गर्ने काम केपी ओलीले गर्नुभयो, उहाँले भन्नुभयो, न्यायलयले संविधानको व्याख्या गर्यो र संविधानले सहि ट्र्रयाक समातेको छ ।

“जनप्रतिनिधिको सर्वोच्च थलोलाई होच्चाउने र अपमान गर्ने काम केपी ओलीले गर्नुभएको छ ।,” उहाँले भन्नुभयो, “ यो सरकार परमादेशबाट जन्मिएको हो भनेर अदालतको निर्णयलाई अपहेलना गर्नुभयो ।

Facebook Comments